धनुषामा गम्भीर अपराध, प्रभु यादवको ज्यान गयो

जनकपुर । प्रहरीले धनुषा जिल्लामा दुई समूहबीच झगडा हुँदा कुटपिटबाट मृत्यु भएका ५३ वर्षीय प्रभु यादवका दोषीलाई पक्राउ गरेको छ ।

मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमीनको विषयमा बादबिवाद भएको थियो ।

विवाद भएर झगडा हुँदा कुटपिटबाट प्रभु यादवको बिहीबार राति मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुटपिटबाट गम्भीर घाइते भएका प्रभु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम, ईलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेशकुमार यादवसहित ६ जनालाई पक्राउ गरेको छ ।

कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटना


मिति २०७९।०८।१५ गते राति २१;३० बजेको समयमा जिल्ला धनुषा मिथिला विहारी न.पा.-४ रमौल स्थित जग्गा जमिनको विषयमा वादविवाद तथा कुटाकुट हुँदा ऐ.ऐ. वस्ने वर्ष ५३ को प्रभु यादव घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लग्दा निजको मृत्यु भई सकेको तथा अन्य केही मानिसहरू घाईते भएको भने व्यहोराको सुचना प्राप्त हुन साथ यस कार्यालयबाट खटिएको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा दुवै पक्ष विच पहिला देखि नै झै-झगडा हुँदै आएको र वारदातको दिन जग्गा खरिद गर्ने विषयमा वादविवाद उतपन्न भई झगडा हुँदा कुटपिटको कारणले निज प्रभु यादवको मृत्यु भएको र अन्य ३ जना घाईते समेत भएको भन्ने खुल्न आएको, उक्त घटनामा संलग्न रहेको अभियोगमा ऐ.ऐ. वस्ने वर्ष ४१ को लाल बाबु यादव र ऐ..ऐ. वस्ने वर्ष ३१ को सुरेश यादवलाई पक्राउ गरि निज उपर ज्यान सम्बन्धि ( कर्तव्य ज्यान ) कसुरमा म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको ।

Published : Friday, 2022 December 2, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया