वरिष्ठ सौन्दर्यविद् रश्मिला श्रेष्ठ पितृ शोकमा
काठमाडौं । वरिष्ठ सौन्दर्यविद् एवम् समाजसेवी रश्मिला श्रेष्ठका पिता ८६ वर्षीय तिलकबहादुर श्रेष्ठको निधन भएको छ ।
बिहीबार मंसिर १५ गते काठमाडौंको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा श्रेष्ठको निधन भएको निर्माण व्यवसायी एवम् समाजसेवी प्रकाशकुमार श्रेष्ठले बताएका छन् ।
श्रेष्ठको जन्म बिक्रम संवत १९९३ साल चैत २४ गते धादिङ जिल्लाको सुनौंलाबजारमा भएको हो ।
श्रेष्ठ बिक्रम संवत् २०१५ सालमा धादिङमा स्वास्थ्यकर्मीको रुपमा परिचित थिए । श्रेष्ठले पछि धादिङबेसीमा बसाइँ सरेर भैरवी फर्निचर उद्योग संचालन गरेका थिए ।
स्व.श्रेष्ठकी श्रीमती धनमाया श्रेष्ठको २०५२ सालमा निधन भइसकेको छ ।
स्व.श्रेष्ठ दम्पत्तिका पाँच जना सन्तान छन् । उनका छोरा ईश्वरकुमार श्रेष्ठ, छोरीहरू अस्मिता श्रेष्ठ सैंजू, छोरी रश्मी श्रेष्ठ वाटाजू, छोरा कपिन्द्र श्रेष्ठ र छोरी रश्मिला श्रेष्ठ हुन् ।
श्रेष्ठ काठमाडौंको थानकोटमा बस्दै आएका थिए । थानकोटस्थित निवासमै स्व.श्रेष्ठको १३ दिनको संस्कार भइरहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया