डिस्को र क्लवहरू ४ बजेसम्म खुल्न पाउने
काठमाडौं । काठमाडौंको रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने समय थप भएको छ ।
मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ४ बजेसम्म रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘काठमाडौं जिल्लास्थित रात्रिकालीन समयमा सञ्चालित हुने व्यवसायिक कार्यलाई थप सुरक्षित मर्यादित र व्यवस्थित गर्नको लागि बिगतदेखि नै अभ्यासमा रहेका देहाय बमोजिमका नियमानुसार सञ्चालित व्यवसायलाई समयबद्ध रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
लिकर सपहरू (बोतलबन्दी बिक्री हुने मात्र) १० बजेसम्म खुल्न पाउनेछन् । रेष्टुरेन्टहरू मध्यराति १२ बजेसम्म खुल्न पाउनेछन् ।
डान्स, दोहोरी रेष्टुरेन्ट र लाउन्ज एण्ड बारलाई बिहान २ बजेसम्म खुल्न दिइनेछ । क्लव र डिस्कोलाई बिहान ४ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया