एमालेले उत्पात मच्चाएको ठाउँमा कांग्रेसका डा.खड्काको जित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् परराष्ट्रमन्त्री डा. नारायण खड्का उदयपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

मंगलबार निर्वाचन आयोगद्वारा सार्वजनिक अन्तिम नतिजाअनुसार ७३ वर्षीय डा.खड्का ३१,२७० मतसहित विजयी भएका हुन् ।

डा.खड्काले एमालेकी ४८ वर्षीया मञ्जुकुमारी चौधरीलाई पराजित गरेका छन् । चौधरीले २८,८९१ मत पाएकी छिन् ।

कांग्रेसका डा.खड्काले आफ्ना प्रतिद्वन्द्वी एमालेकी चौधरीलाई २३७९ मतको अन्तरले हराएका हुन् । पराजित हुने भएपछि एमालेले मत गणनामा अबरोध गरेको थियो । एमाले उत्पात मच्चाएपछि कांग्रेसले दवाव दिएर मतगणना गर्न निर्वाचन आयोगलाई बाध्य बनाएको थियो ।

ध्रुवकुमार राय माझी (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३९१५, उद्धब अधिकारी (राष्ट्रिय स्वतन्त्र पार्टी) ३४४४, गोपाल राई (जनता समाजवादी पार्टी, नेपाल) १९०६ मतसहित पराजित भएका छन् ।

रामप्रसाद चौलागाइँ (नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ६३७, केशरबहादुर मगर (मंगोल नेशनल अर्गनाइजेसन) ४४२, कृतनारायण चौधरी (नागरिक उन्मुक्ति पार्टी)

२०६, हरिबहादुर बुढाथोकी (सचेत नेपाली पार्टी) १८२, खुसीलाल ठाकुर (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल) १४६ सहित पराजित भएका छन् ।

राम श्रेष्ठ चौधरी (स्वतन्त्र) १३८, गोकर्ण राई (राष्ट्रिय जनमुक्ति पार्टी) १२०, ललकु चौधरी (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) ६३, विष्णुबहादुर खत्री (नेपाल मजदुर किसान पार्टी) ४४, मुकेश सहनी (जनता प्रगतिशिल पार्टी, नेपाल) ३८, कम्पसबहादुर राई (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) १३ मतसहित पराजित भएका छन् ।

Published : Tuesday, 2022 November 29, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया