कांग्रेस नेता खतिवडालाई ४० किलोको मालाले स्वागत
ओखलढुङ्गा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभामा नवनिर्वाचित सांसद रामहरि खतिवडालाई मतदाताहरूले ४० किलोको मालाले स्वागत गरेका छन् ।
ओखलढुंगाबाट निर्वाचित खतिवडालाई मतदाताले ४० किलोको मालाले स्वागत गरेका हुन् ।
नेता खतिवडालाई चम्पादेवी गाउँपालिका–४ का स्थानीयले फूलको मालाले स्वागत गरेको खतिवडाका स्वकीय सचिव हुकुम राईले बताएका छन् ।
मतदाताले नेता खतिवडासँगै प्रदेश सभा क्षेत्र नं. २ बाट निर्वाचित प्रदेश सभाका सदस्य बाबुराम गौतमलाई पनि स्थानीयले सम्मान गरेका छन् ।
खतिवडा निर्वाचनमा विजयी भएपपछि मतदातालाई धन्यवाद दिन तथा नागरिकको माग र सुझाव संकलन गर्न विभिन्न पालिका तथा गाउँमा पुगेका छन् ।
खतिवडाले ओखलढुङगाका जनतासँग गरेको वाचा आफूले ईमान्दारी साथ पूरा गर्ने बताएका छन् ।
ओखलढुङ्गाको विकासलाई पहिलो प्राथाकिमतामा राखेर आफूले काम गर्ने खतिवडाले बताएका छन् ।
पाँच वर्षमा विधुतिकरण, शिक्षा, स्वास्थ्य, सडक तथा जिल्लाका नागरिकको आवश्यकताका विषयमा प्राथाकिताका साथ काम गर्ने नेता खतिवडाले बताए ।
लामो समयदेखि रोकिएको लिखु, दुधकोशी र मोलुङ एकवारको कामलाई अगाडि बढाउँदै जिल्लामा गौरवको योजना ल्याउन पहल गर्ने खतिवडाले उल्लेख गरेका छन् ।
कांग्रेस नेता खतिवडाले एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई ६ हजार ८ सय बढी मतको अन्तरले पराजित गरेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया