ओलीले रवि लामिछानेलाई ‘दनक’ दिए

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई कसैले हावा नहाली कसरी हुप्प भयो भनेर प्रश्न गरेका छन् ।

मंगलबार एमाले पार्टी कार्यालय च्यासल, ललितपुरमा भएको कार्यक्रममा ओलीले स्वतन्त्र पार्टीको नाम र चिन्ह अमेरिकाको फ्रिडम पार्टीसँग दुरूस्तै मिलेको बताएका छन् ।

‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ’, ओलीले भने, ‘त्यसको चिन्ह घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका । दुरूस्त आकारको फोटो खिचेजस्तो घण्टी यहाँ पनि ल्याएको छ, फ्रिडम पार्टी ।’

रवि लामिछानेको पार्टीको नाम र चुनाव चिन्ह अमेरिकाको इन्डिपेन्डेट पार्टीसँग मिलेको छ ।

ओलीले रवि लामछानेको पार्टी ह्वात्तै फुलेको बताएका छन् ।

ओलीले भनेका छन्, ‘संयोग नै होला, अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ । त्यसको चिह्न घण्टी छ । फ्रिडम पार्टी अफ अमेरिका र त्यसको चिह्न घण्टी छ । दुरुस्त आकारको फोटै खिचेजस्तो घण्टी यहाँ पनि लिएर आ’छ एउटा फ्रिडम पार्टी । संयोग नै होला तर अस्तिसम्म स्याप्पै थियो त्यो बेलुन । हावा कसैले नहाली कसरी हुप्प भयो यत्रो । केही त होला, त्यतातिर नलागौँ ।’

Published : Tuesday, 2022 November 29, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया