काठमाडौंमा सडक दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा भएको सडक दुर्घटनामा दुई जनाएको मृत्यु भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ भगवतीस्थानस्थित सडकमा बा.९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौंको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
टोखा नगरपालिका–६ ग्रिनल्याण्ड हरियाली बस्ती नजिक सडकमा बा.७४ प ५७५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट पंचकन्या गाउँपालिका–४ बस्ने २६ वर्षीय सबिन कँडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रि.वि.शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको ग्राण्डी अस्पताल टोखामा उपचार भइरहेको छ ।
उता, काभ्रेको धुलिखेल नगरपालिका–५ खड्पुस्थित पुल नजिक सोही नगरपालिका–४ ब्यानडोल बस्ने ५५ वर्षीय रामे लाटो बिक सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यता, सप्तरीको कंचनरुप नगरपालिका–१ बैरवा मुसहरी टोल बस्ने ५० वर्षीय पप्पु भन्ने संजय राउत सोही ठाउँस्थित सार्वजनिक पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सोमबार राति खाना खाई घर बाहिर गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो ।
यता, धादिङको गजुरी गाउँपालिका–५ पोखरेखोलास्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया