प्रधानमन्त्री देउवाद्वारा आईजीपीद्वय सिंह र अर्यालसँग परामर्श
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई धन्यावाद दिएका छन् ।
प्रधानमन्त्री देउवाले सोमबार नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह र शसस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याललाई बोलाएर धन्यावाद दिएका हुन् ।
प्रधानमन्त्री देउवाले देशभरिको चुनाव शान्तिपूर्ण रुपमा सफलताका साथ एकै चरणमा सम्पन्न गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।
सुरक्षा निकायले निर्वाचन सफल बनाउन गरेको भूमिकाको देउवाले खुलेल प्रशंसा गरेका छन् ।
निर्वाचनका क्रममा केही ठाउँमा भएका छिटफुट घटनाका विषयमा पनि जिज्ञसा राखेका थिए ।
प्रधानमन्त्री देउवाले स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफलताका साथ सम्पन्न गरेका छन् ।
देउवाको चुनावी अभियानमा नेपाल प्रहरीका आईजीपी सिंह र सशस्त्र प्रहरी बलका आईजीपी अर्यालले सशक्त रुपमा साथ दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया