गृहमन्त्री खाण र राप्रपाका बोहराबीच कसले जित्यो ? कुन उम्मेदवारले कति मत पाए ?
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका गृहमन्त्री बालकृष्ण खाण प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् ।
शनिबार ४ बजे निर्वाचन आयोगले दिएको जानकारी अनुसार गृहमन्त्री खाण राप्रपाका उम्मेदवार दीपक बोहरासँग पराजित भएका छन् ।
रुपन्देही ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका कांग्रेस नेता खाण र राप्रपाका बोहराबीच २६८१ मतको अन्तर रहेको छ ।
राप्रपाका ७१ वर्षीय उम्मेदवार बोहराले ३६७१७ मतसहित जित हातपारेका छन् ।
कांग्रेसका ६२ वर्षीय खाणले ३४०३६ मतसहित पराजित भएका छन् ।
त्यसैगरी, जितबहादुर गुप्ता तेली (राष्ट्रिय स्वतन्त्र पार्टी) ५७९६, तुल्सीप्रसाद थारु (नागरिक उन्मुक्ति पार्टी) ४७५१, प्रमोदकुमार राउत (जनमत पार्टी) ३३१७, प्रख्यात वन्जाडे (हाम्रो नेपाली पार्टी) १३८४ मत पाएर पराजित भएका छन् ।
केशवविक्रम खडका (स्वतन्त्र) १०५६, मोजीब अलि मुसलमान (राष्ट्रिय जनमुक्ति पार्टी) ५५१, तेजकुमारी आले (मंगोल नेशनल अर्गनाइजेसन) २१९ मतसहित पराजित भएका छन् ।
सरस्वती धोवी धवल (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) १४१, सरु बिक (नेपाल मजदुर किसान पार्टी) ५६, गुडिया पथरकट्ट (स्वतन्त्र) ३४ मतसहित पराजित भएका छन् ।
इशरात अली फकीर (स्वतन्त्र) ३२, नरेशबहादुर क्षेत्री (स्वतन्त्र) २०, राजीव शाही (स्वतन्त्र) १७, लालबहादुर राना (गान्धीवादी पार्टी नेपाल) १५, देवराज न्यौपाने (स्वतन्त्र) १४, रमेश गैरे (स्वतन्त्र) १४, नबाब मुसलमान (स्वतन्त्र) १३, नारायणप्रसाद शर्मा (स्वतन्त्र) ११, घनश्याम भट्टराई (स्वतन्त्र) १०, जीवकान्त काफ्ले (स्वतन्त्र) ८ मतसहित पराजित भएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया