कांग्रेस सभापति खड्का संखुवासभबाट निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका संखुवासभाका सभापति दीपक खड्का ५४४० फराकिलो मतअन्तरका साथ प्रतिनिधि सभातर्फ निर्वाचित भएका छन् ।

शनिबार बिहान निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको अन्तिम नतिजाअनुसार खड्काले संखुवासभामा प्रतिनिधि सभातर्फ जित हासिल गरेका हुन् ।

५१ वर्षीय कांग्रेसका उम्मेदवार खड्का ३२१६१ मतसहित विजयी भएका हुन् ।

खड्कासँग एमालेका उम्मेदवार ५९ वर्षीय राजेन्द्रप्रसाद गौत्तम पराजित भएका छन् । गौतमले २६७२१ मत पाएका छन् ।

त्यसैगरी भक्त नारायण श्रेष्ठले (राष्ट्रिय स्वतन्त्र पार्टी) ११३६, दीपककुमार राईले (जनता समाजवादी पार्टी, नेपाल) ८११, तेन्जी भोटियाले (स्वतन्त्र)

५३२, देवेन्द्रकुमार रिल्ली घलेले (मंगोल नेशनल अर्गनाइजेसन) ४२२ मत पाएका छन् ।

भोलामान कार्कीले (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३०८, टीकाराम शाहीले (राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल) १५२, राजकुमार लिम्बुले (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) १३९, प्रवीन कार्कीले १३१, कृष्णकुमार राई कुलुङले (राष्ट्रिय जनमुक्ति पार्टी) ४६, विनोद घिमिरेले (नेश्नलिष्ट पिपल्स पार्टी) २६ मत पाएका छन् ।

Published : Saturday, 2022 November 26, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया