दाङ १ मा मेटमणिसँग शान्ता पराजित, प्रदेशतर्फ ईन्द्रजीत र अनुराग निर्वाचित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मेटमणि चौधरी प्रतिनिधि सभामा ५०८४ मतसहित विजयी भएका छन् ।

निर्वाचन आयोगद्वारा बिहीबार राति सार्वजनिक अन्तिम नतिजाअनुसार ४९ वर्षीय मेटमणिले २६५६३ मतसहित विजय हासिल गरेका हुन् । एकीकृत समाजवादीका नेता मेटमणिलाई सत्तागठबन्धनको समर्थन थियो ।

मेटमणिले निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता चौधरीलाई पराजित गरेका छन् । ४३ वर्षीया शान्ता २१४७९ मतसहित पराजित भएकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले १३७९४ मत पाएका छन् ।

सुरेन्द्र चौधरीले (नागरिक उन्मुक्ति पार्टी) ८०१०, लिली वुढाथोकीले (राष्ट्रिय प्रजातन्त्र पार्टी) १४३८, गंगा चौधरी सत्गौवाले (हाम्रो नेपाली पार्टी) १०९२, शोभाराम बुढाले (मंगोल नेशनल अर्गनाइजेसन) ५८३ मत पाएका छन् ।

रुक्मिणी चौधरी थारुले (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट)

२९३, अशोक खड्काले (नेपाली कांग्रेस वीपी) १९८, प्रतिमा बुढा मगरले (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल)
१३३, चन्द्रमणि न्यौपानेले (स्वतन्त्र) ३४, गणेशभक्त खर्बुजाले (नेपाल मजदुर किसान पार्टी) २६ मत पाएका छन् ।

यसैबीच, दाङ क्षेत्र नं. १ को प्रदेश सभा १ मा माओवादी केन्द्रका ईन्द्रजीत थारु निर्वाचित भएका छन् । थारुसँग एमालेका गंगाराम भट्टराई पराजित भएका छन् ।

प्रदेश सभा २ मा नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । खड्काले एमालेका कुलबहादुर केसीलाई हराएका हुन् ।

Published : Friday, 2022 November 25, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया