कांग्रेसका प्रचण्डबिक्रम न्यौपाने दाङ २ (२)बाट निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार प्रचण्डबिक्रम न्यौपाने दाङ क्षेत्र नं. २ को प्रदेश सभा २ बाट निर्वाचित भएका छन् ।

बिहीबार बिहान सार्वजनिक अन्तिम परिणामअनुसार न्यौपानेले एमालेका उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका हुन् ।

कांग्रेसका न्यौपानेले १७ हजार ८२२ मत पाएर विजयी भएका छन् । एमालेका उम्मेदवार केसीले १६ हजार ६९९ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले औपचारिक रुपमा परिणाम घोषणा गर्न बाँकी छ ।

लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका न्यौपाने कांग्रेसको लुम्बिनी कार्यसमितिको सदस्य एवम् प्रवक्ता पनि हुन् ।

Published : Thursday, 2022 November 24, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया