कांग्रेसका डिल्लीबहादुर चौधरी दाङबाट निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी दाङबाट प्रदेश सभामा निर्वाचित भएका छन् ।
बिहीबार बिहान सार्वजनिक अन्तिम नतिजाअनुसार चौधरी दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् ।
कांग्रेसका उम्मेदवार चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।
एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मतसहित पराजित भएका छन् ।
कांग्रेसका उम्मेदवार चौधरीले एमालेका उम्मेदवार पाण्डेयलाई ५ हजार ४ सय मतले पराजित गरेका छन् ।
शानदार मतसहित कांग्रेसका चौधरी प्रदेश सभामा दोस्रो पटक निर्वाचित भएका छन् ।
पराजित पाण्डेय तुलसीपुर उप–महानगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । पाण्डेय नगर प्रमुख भएका बेला काण्डै काण्डमा परेका थिए ।
पाण्डेयका छोरा घोराही–तुलसीपुर चार लेनको सडक ठेक्का लिएर अलपत्र पारेका छन् । पाण्डेयका छोराले काम नगर्ने र पैसा नदिएपछि थुनामा समेत परेका थिए ।
यसअघि क्षेत्र नम्बर ३ को प्रदेश सभा २ बाट गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका धनबहादुर मास्कीले एमालेका हुकुमबहादुर बस्नेतलाई पराजित गर्दै निर्वाचित भएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया