बर्दियामा तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष तिमिल्सिना फराकिलो अन्तरले निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले बर्दिया २ प्रदेश सभातर्फ १ बाट निर्वाचित भएका छन् ।

बिहीबार बिहान सार्वजनिक निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार तिमिल्सिनाले निकटतम् प्रतिद्वन्द्वीलाई ५०६७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

तिमिल्सिना नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष हुन् । कांग्रेसका उम्मेदवार तिमिल्सिनाले १७२५१ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार प्रदेशी चौधरीले १२१८४ मत पाएका थिए ।

एमालेका लहनु थारुले १०६४३, राप्रपाका कन्हैयालाल थारुले ५३२४, जसपाकी शान्ता पौड्यालले ४७१ र नेमकिपाकी सावित्रा थापाले १६४ मत पाएका छन् ।

Published : Thursday, 2022 November 24, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया