अभिनेता एवम् सभापति रोज राणाले एमालेलाई हराएर ३१ वर्षपछि कांग्रेसको झण्डा फहराए

काठमाडौं । नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका अभिनेता एवम् निर्माता रोज राणाले प्यूठानबाट प्रतिनिधि सभामा जित हातपारेका छन् ।

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार राणाले प्यूठानको प्रदेश सभातर्फ क्षेत्र नं.२ मा राणाले आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई १७११ मतको फराकिलो मतअन्तरले हराएका हुन् ।

एमालेका उम्मेदवार एवम् पूर्वमन्त्री समेत रहेका हरिप्रसाद रिजाल कांग्रेस उम्मेदवार राणासँग पराजित भएका छन् ।

सभापति राणाले २२ हजार ५ सय १८ मतसहित जित हातपारेको प्यूठान कांग्रेसले जनाएको छ ।

एमालेका उम्मेदवार एवम् पूर्वमन्त्री रिजालले २० हजार ८ सय ७ मतसहित पराजित भएका छन् ।

सभापति राणाले प्यूठानमा ३१ वर्षपछि नेपाली कांग्रेसको चारतारे झण्डा शानदार रुपमा पहराएका छन् ।

प्यूठानमा विगतमा एमाले र राष्ट्रिय जनमोर्चाले एकछत्र जित्दै आएका थिए ।

सभापति राणाले जितेको प्यूठानका प्रदेश सभा क्षेत्र नं. २ एमालेको कथित गढ पनि मानिन्छ । राणाले एमालेको कथित गढलाई ३१ वर्षपछि भत्काइदिएपछि कांग्रेसका नेता कार्यकर्तामा खुसीयाली छाएको छ ।

राणालाई लोकतान्त्रिक वाम गठबन्धनको समर्थन थियो ।

Published : Thursday, 2022 November 24, 8:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया