कांग्रेसकै किल्ला मोरङमा गुरुराज घिमिरे पराजित

विराटनगर । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे प्रदेश सभाको निर्वाचनमा पराजित भएका छन् ।

बुधबार सार्वजनिक नतिजाअनुसार घिमिरे मोरङ–४ प्रदेश सभा क्षेत्र नं. १ मा पराजित भएका हुन् ।

कांग्रेस नेता गुरुराज घिमिरेलाई एमालेका उम्मेदवार जयप्रकाश चौधरीले हराएका हुन् ।

एमालेका चौधरीले १५ हजार ४६५ मतसहित निर्वाचित भएका छन् । कांग्रेस नेता घिमिरेले १५ हजार ५८ मतसहित पराजित भएका हुन् ।

पराजित भएपछि घिमिरेले चौधरीलाई बधाई दिदै प्रदेशस भामा उल्लेख्य काम गर्न आग्रह गरेका छन् । कांग्रेस नेता घिमिरेले आफूले हारलाई स्वीकार गरेको बताएका छन् ।

निर्वाचित एमालेका चौधरीले मतदाताको भावना अनुसार प्रदेशसभामा भूमिका निर्वाह गर्ने बताएका छन् ।

कांग्रेस नेता घिमिरे पार्टीभित्रका हरेक निर्वाचनमा पराजित हुँदै आएका छन् । प्रदेश नं. १ को सभापतिमा पनि घिमिरे पराजित भएका थिए ।

टिकट नपाएपछि सभापति शेरबहादुर देउवाविरुद्ध सडक आन्दोलन गरेका घिमिरेले टिकट लिएर चुनावमा प्रतिस्पर्धा गर्न गएका थिए ।

घिमिरेले प्रदेश सभाको निर्वाचन पनि एमालेसँग हारेका छन् । पार्टीले टिकट दिँदा पनि गठबन्धन भएका बेला चुनाव जित्न नसक्ने घिमिरेले अब के गर्ने हुन् भावी योजना केही बताएका छैनन् ।

Published : Wednesday, 2022 November 23, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया