कांग्रेसका लेखकले एमालेकी पाललाई १२ हजार मतअन्तरले हराइदिए
काठमाडौं । कञ्चनपुर ३ मा नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
बुधबार सम्पन्न मतगणनाअनुसार लेखकले १२ हजार ७५ मतअन्तरसहित निर्वाचित भएका हुन् ।
लेखकले एमालेकी उम्मेदवार निरुदेवी पाललाई हराएका छन् । कांग्रेसका लेखकले ३० हजार ५२३ मत पाएका छन् ।
एमालेकी उम्मेदवार पालले १८ हजार ४४८ मतसहित पराजित भएकी छिन् ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा कञ्चनपुर ३ बाट निर्वाचित भएका थिए ।
Published : Wednesday, 2022 November 23, 8:24 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया