गोरखामा निकै फराकिलो मतसहित कांग्रेसका पाण्डे निर्वाचित

गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

बुधबार बिहान प्राप्त पछिल्लो नतिजाअनुसार पाण्डेले एमालेका बसन्त गुरुङलाई ११ हजार ११५ को भारी मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले १६ हजार ८८२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार एमालेका बसन्त गुरुङले ५ हजार ७६७ मत ल्याए ।

सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो ।

Published : Wednesday, 2022 November 23, 9:59 am

फेसबुकबाट तपाईको प्रतिक्रिया