एमालेलाई धुलो चटाउँदै जाजरकोटमा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित

जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीवविक्रम शाह विजयी भएका छन् ।

बुधबार बिहान सार्वजनिक अन्तिम मतगणनाअनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् ।

शाहका प्रतिस्पर्धी एमालेका खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए ।

कांग्रेसका शाहले एमालेका शाहीर्लाइ ५ हजार ५१० मतान्तरको फरकमा हराएका छन् ।

शाह निर्वाचित भएको प्रदेश (१)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।

Published : Wednesday, 2022 November 23, 9:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया