मकवानपुर १ मा कमल थापाको बेहाल, कांग्रेसकी महालक्ष्मीले ह्वात्तै अग्रता बढाइन्

काठमाडौं । मकवानपुर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेकी छिन् ।

मंगलबार राति प्राप्त पछिल्लो नतिजाअनुसार उपाध्यायले ८१६० मत पाएकी छिन् ।

एमालेका उम्मेदवार कमल थापाले ५८५७ मत पाएका छन् ।

कांग्रेसकी सह–महामन्त्री समेत रहेकी उपाध्यायले एमालेका उम्मेदवार थापालाई २३०३ मतसहित पछाडि पारेकी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दीपकबहादुर सिंहले ३१२१ मत पाएका छन् ।

Published : Tuesday, 2022 November 22, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया