रवि लामिछानेले स्पष्टीकरण बुझाए, नेपाली नागरिकता पुनः नलिएको स्वीकार
काठमाडौं । नागरिकता विवादका विषयमा निर्वाचन आयोगलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्पष्टीकरण बुझाएका छन् ।
लामिछानेले मंगलबार चितवन क्षेत्र नम्बर २ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाएका हुन् । उनलाई सात दिनको समय दिएर आयोगले स्पष्टीकरण सोधेको थियो ।
सभापति लामिछानेले खाम सिलबन्दी गरेर स्पष्टीकरण जवाफ पेस गरेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताएका छन् ।
लामिछानेले निवेदनमा गोपनीयता कायम गर्न माग गरेका छन् । चितवन २ बाट प्रतिस्पर्धामा रहेका लामिछानेले किन गोपनीयता माग गरेका हुन् खुलाइएको छैन ।
सार्वजनिक जीवनमा प्रवेश गरेका लामिछानेले आफ्नो नागरिकताका विषयमा स्पष्ट पार्नुपर्छ ।
लामिछानेविरुद्ध कात्तिक २९ गते राजकुमार पाण्डेले विदेशी नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिएको भन्दै लामिछाने नेपाली नागरिक नभएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर गरेका छन् ।
लामिछानेविरुद्ध निर्वाचन आयोगमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
लामिछानेले आवश्यकता नै नपरेकाले पुनः नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाएको स्वीकारिसकेका छन् ।
नागरिकता कानूनअनुसार भने विदेशी नागरिकता लिएपछि नेपाली नागरिक स्वतः निष्क्रिय हुन्छ ।
लिएको विदेशी नागरिकता त्याग्दा नेपाली नागरिकता लिन निवेदन दिएर प्रक्रिया पूरा गर्नुपर्छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया