देउखुरीमा सवारी दुर्घटना, १४ जना घाइते
लमही । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा भएको दुर्घटनामा १४ जना घाइते भएका छन् ।
मंगलबार लमही नगरपालिका–३ मजगाउँस्थित सडकमा रा.१ ज ८६६ नम्बरको म्याजिक र रा.१ ह २५६१ नम्बरको अटो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका म्याजिकमा सवार राप्ती गाउँपालिका–४ बस्ने ४० वर्षीया लीला आचार्य लगाएत १३ जना तथा अटोमा सवार घोराही उप–महानगरपालिका–१८ बस्ने ६५ वर्षीया गोमा नगरकोटी गरी जम्मा १४ जनालाई उपचारको लागि लमही अस्पताल लमहीमा पठाइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र १० जनाको सामान्य रहेको छ ।
दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया