दाङ २ मा शंकर पोखरेलको बेहाल, रेखाले मतअन्तर बढाइन्, मुर्छापर्ने अवस्थामा पुग्यो एमाले

काठमाडौं । दाङ २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले एमालेका उम्मेदवार शंकर पोखरेलसँगको मतअन्तरलाई बढाएकी छिन् ।

मंगलबार बिहान ११ बजेसम्म रेखाले ५३९४ मत पाएकी छिन् । एमालेका उम्मेदवार शंकर पोखरेलले ४३६२ मत पाएका छन् ।
रेखा शर्माले शंकर पोखरेलसँग १०३२ मतको अन्तर बढाएकी छिन् ।

एमालेका महासचिव समेत रहेका पोखरेल दाङ २ बाट पराजित हुने सम्भावना बढेर गएको छ ।

विगतमा शंकर पोखरेललाई कांग्रेसका नेताहरू कृष्णकिशोर घिमिरे, बुद्धिराम भण्डारीलगायतले नराम्रो गरेर पराजित गरिदिएका थिए ।

२०७४ को निर्वाचनमा कथित वाम गठबन्धनका नाममा प्रदेश सभामा उम्मेदवार बनेर जितेका थिए ।

एक्लै चुनावी मैदानमा आउँदा पराजित हुने सम्भावना बढेर गएको छ । दाङमा शंकर पोखरेलको राजनीतिक धरातल निकै कमजोर मानिन्छ ।

शंकर पोखरेलले नातेदार, मण्डले, ठेकेदार आदिलाई बोकेर हिँड्ने गरेका कारण दाङको राजनीतिमा कमजोर भएको चर्चा हुने गरेको छ ।

Published : Tuesday, 2022 November 22, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया