सोलु-प्यूठानसहितका स्थानमा यी व्यक्तिहरुको मृत्यु, एक जना सरकारी कर्मचारी
काठमाडौं । सोलुखुम्बुमा निर्वाचनका लागि मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएको छ ।
नेचासल्यान गाउँपालिका–४ फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सरकारी कर्मचारी ५६ वर्षीय बिल्टु रायको मृत्यु भएको हो ।
सर्लाहीको हरिपुरुवा नगरपालिका–६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका–५ स्थित आयुर्बेदिक अस्पतालमा कार्यरत राय सोही मतदान केन्द्रको कोठामा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यता, मकवानपुरको भीमफेदी गाउँपालिका–८ ईपास्थित गंगटे जंगलको खोल्सामा हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने २४ वर्षीय कृष्ण मोक्तान शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बाराको कलैया उपमहानगरपालिका–१७ ब्रहमपुरी टोलस्थित नालामा अन्दाजी ९ महिनाको जस्तो देखिने छोरी जातको शिशुको शव शुक्रबार फेला परेको छ ।
पर्साको वीरगंज महानगरपालिका–१३ तराई अस्पताल नजिक भारत रक्सौल मोतिहारी बस्ने २५ वर्षीय बिकी कुमार साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित राई निर्माण प्रा.लि. फर्निचर उद्योगमा बिगत २ महिनादेखि कामदारको रुपमा काम गर्दै आएका मोरङ विराटनगर घर बताउने ३५ वर्षीय राज भुजेल सोही उद्योगमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
प्यूठानको स्वर्गद्धारी नगरपालिका–७ तापाकोट बस्ने ५० वर्षीय दस्र्घबहादुर पुन सोही ठाउँस्थित रातोपहरो जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया