काठमाडौंमा दुर्घटनामा २ र अन्यत्र ५ को मृत्यु

काठमाडौं । काठमाडौंमा भएका अलग अलग सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

महानगरपालिका–४ चप्पल कारखानास्थित सडकमा ना.३ ख ५२४७ नम्बरको ट्रकले बा.प्र.०३–०२–००६ प ९६२७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा ढोरी घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४५ वर्षीय कुमार राई र मोटरसाइकलमा सवार उनकी श्रीमती ३८ वर्षीय मेनुका राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता, रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरस्थित सडकमा लु.४४ प ८२०१ नम्बरको मोटरसाइकललाई लु.१ क ५२७६ नम्बरको रेडिमिक्स (सिमेन्ट घोल्ने गाडी) ले शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सैनामैना नगरपालिका–१ रानिबगिया बस्ने ३६ वर्षीय नरबहादुर कँडेलको घटनास्थलमै मृत्यु भएको छ ।

दुबै सवारी साधन र रेडिमिक्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, काभ्रेको नमोबुद्द नगरपालिका–६ चरङ्गेफेदीस्थित सडकमा रामेछापबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ३–०१–००५ ख ९५६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय चण्डेश्वर न्यौपानेको शुक्रबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरस्थित सडकमा ढल्केबरबाट लक्ष्मीनिवासतर्फ जाँदै गरेको प्र.२–०२–००५ प ७८५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता, बर्दियाको राजापुर नगरपालिका–४ स्थित सडकमा भे.२ त १००० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–३ उत्तर टेडिया बस्ने १९ वर्षीय किशोर थारुको घटनास्थलमै मृत्यु भएको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ वीरगंज पथलैया सडकको छातापिपरा चोकमा वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको ट्रकको ठक्करबाट पैदलयात्री सर्लाही ईश्ववरपुर नगरपालिका–१५ बस्ने २८ वर्षीय मनोज माझीको मृत्यु भएको छ ।

बिहीबार राति उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको एलएस न्यूरो परवानीपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

दुर्घटनामा शंकास्पद ना.६ ख ५८८१ नम्बरको ट्रक र चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

Published : Saturday, 2022 November 19, 1:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया