एमालेका उम्मेदवारको गाडीबाट पैसा र अबैध मत पत्र बरामद

काठमाडौं । महोत्तरी क्षेत्र नम्बर १ (२)का प्रदेश सभा उम्मेदवार विष्णुकुमार योञ्जनको गाडीबाट प्रहरीले डेढ लाख रुपियाँ बरामद गरेको छ ।

पैसा बाँड्न लागेको सूचनाका आधारमा प्रहरीले उनलाई केही समय नियन्त्रणमा समेत राखेको थियो ।

महोत्तरीमै अवैध मतपत्र प्रहरीले बरामद गरेको छ । बर्दिवास– ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एचआर ३६ एस ५४७१ नम्बरको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

सूर्य चिह्नमा स्वस्तिक छाप लगाएको दुई सय ६२ थान नमुना मतपत्र फेला परेको छ ।

यस विषयमा छानबिन भइरहेको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए ।

Published : Saturday, 2022 November 19, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया