घोराहीमा गठबन्धनको शक्ति प्रदर्शन, मतदान गर्न अपील
घोराही । दाङ क्षेत्र नं. २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको समर्थनमा महिलाहरुले उत्साहजक सहभागिता जनाएका छन् ।
बुधबार घोराहीमा महिला परिचलान समितिको आयोजनामा भएको कार्यक्रममा महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ ।
राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा समृद्धिका लागि गठबन्धनको पक्षमा विभिन्न जातजातिको भेषभुषा तथा नृत्यसहित महिलाहरुले घोराहीमा बृह्त प्रदर्शन गरेका छन् ।
घोराहीको ट्राफिकचोकबाट सुरु भएको बृह्त र्याली गौतमनगर टोल, दुरसंचार, नयाँ बजार, सहिद लखन थापा पार्क, दामोदर चोक हुँदै तुलसीपुर चोकमा पुगेर सभामा परिणत भएको थियो ।
महिलाहरुको बृहत प्रदर्शनीले गठबन्धनलाई विजय उन्मुख गराएको नेताहरुले बताएका छन् ।
निर्वाचन जित्नका लागि मात्रै अहिले पाँच दलीय गठबन्धन नबनेको भन्दै नेताहरुले संसद विगठन गर्ने र जनताको उपलव्धीहरुलाई मास्न खोज्नेहरुका विरुद्धमा भएकाले मतदाताहरुलाई कहीकतै नअल्मलाई गठबन्धनका पक्षमा मतदान गर्न अनुरोध गरेका छन् ।
माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य तथा दाङ क्षेत्र नं. २ कि प्रतिनि सभा उम्मेदवार रेखा शर्माले महिलाहरुको उत्साहजनक सहभागिताले गठबन्धनलाई विजयी उन्मुख गराएको बताइन् ।
नेपाली कांग्रेस लुम्बिनीका प्रदेश उपसभापति तथा क्षेत्र नंं २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनालले जनताका अधिकारको रक्षासँगै विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
खनालले दाङको समृद्धिका लागि जोडिएको फोरलेन सडक विस्तारको काम एमाले उम्मेदवारकै कारण अलपत्र परेको आरोप लगाए ।
‘आफै जनप्रतिनिधि, आफनै छोरालाई सडक निर्माणको ठेक्का पार्नाले नै फोरलेन सडक विस्तारको काम रोकिएको हो’, खनालले भने, ‘काम अलपल पार्ने छोरा र संरक्षण गर्ने आफ्नै पाटीको सरकार भएकाले दंगाली जनताले दुख पाएका हुन ।’
क्षेत्र नं. २ (२) प्रदेश सभा सदस्य प्रचण्डबिक्रम न्यौपानेले विकास, समृद्विसँगै युवालाई रोजगार, जनजाती, महिला, दलित, अल्पंख्यकलगायतका समुदायको अधिकारका गठबन्धनका लागि मतदान गन आग्रह गरेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया