कांग्रेसबाट मन्त्री बनेका नेताको कुर्सी फुत्कियो
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारका मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।
कास्की–२ (२) मा कांग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार विन्दुकुमार थापालाई असयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले खड्कालाई मंगलबार बर्खास्त गरेका हुन् ।
थापा र खड्काबीच पुरानो विवाद छ । कास्की २ (२) मा चुनावको तयारी गरेका दुबैले एउटै सरकारमा रहेर एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए ।
कांग्रेस नेता खड्का सरकार गठन भएकै दिन मन्त्री भएका थिए ।
व्यवसायी समेत रहेका थापामाथि कांग्रेसकै सांसद डोबाटे विकको मन्त्री खोसेको आरोप लागेको थियो ।
थापाले खड्काकै कारण आफ्नो नियुक्ति ढिला भएको र कम प्रभावशाली मन्त्रालय पाएको गुनासो गरेका थिए ।
सुरुमा सामाजिक विकास र पछि भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका खड्का सरकारको प्रवक्तासमेत थिए ।
खड्कामाथि जन्म र घर भएको वडा नम्बर १६ मा मात्र करिब ३० करोड रुपियाँ बजेट हालेको आरोप लागेको छ ।
प्रदेश सभा चुनाव हुने घोषणा भएपछि दुई मन्त्रीबीच आरोप प्रत्यारोप बढ्यो ।
खड्का समूहले वडा नम्बर १६ मा भेला नै गरेर टिकट पाउने र उनी मुख्यमन्त्री हुनेभन्दै अभियान थाल्यो ।
सोही भेलामा खड्काले सांसदको मात्रै टिकट दिए सभापति देउवाकै अघि फालेर आउने चेतावनी दिएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया