विवेकानन्द केन्द्रद्धारा पशुपतिमा शिव पूजा
काठमाडौं । भारतीय राजदूतावासअन्तर्गतको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले पशुपतिनाथ मन्दिरको ‘शिव पूजा’ कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा शिव पूजा कार्यक्रमको आयोजना गरिएको हो । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुले परम्परागत नेपाली कुमारी नृत्य प्रस्तुत गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो ।
तत्पश्चात कलाकारहरुले भरतनाट्यम विधाको पुष्पाञ्ली नृत्य प्रस्तुत गरेका छन् । नृत्यमा फूल अर्पण गरी परम्परागत शैलीमा अभिवादन गरिएको थियो ।
कलाकारहरुले नृत्यमार्फत शिव र पार्वतीको एउटै रुप अर्धनारीश्वर र शिवको नटेश स्वरुप प्रस्तुत गरेका छन् ।
शिव नृत्यसँगै देवी र गणेशको पनि नृत्य प्रस्तुत गरिएको छ । सम्पूर्ण शिव परिवारप्रति भक्तिभाव प्रकट गरिएको छ ।
देवीको आराधना गर्दै नेपाली शास्त्रीय प्रस्तुति समेत प्रस्तुत गरिएको भारतीय राजदूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश रावलले उक्त कार्यक्रमको उद्घाटन गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका अधिकारी र प्रतिष्ठित व्यक्तित्वसहित २०० जनाभन्दा बढीको सो कार्यक्रममा सहभागीता थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया