गठबन्धनका उम्मेदवारको गाडीमा तोडफोड

धनगढी । कैलालीमा लोकतान्त्रिक वाम गठबन्धनका उमेदवारको गाडीमा तोडफोड भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘२’ गठबन्धनका उमेदवार अमरबहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोड कसले गरेको हो ? खुलेको छैन ।

अइतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडीमाथि तोडफोड भएको छ ।

तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडिको भागको सिसा फुटेको छ ।

आइतबार राति ८ बजे चुनावी प्रचारमा गाउँमा गएका बेला रोकी राखेको गाडीमा कसले तोडफोड गरेको हो भन्ने पचिहान हुन सकेको छैन ।

गाडी तोडफोड गर्ने व्यक्तिको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

Published : Monday, 2022 November 14, 9:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया