ललितपुर २ मा एमालेका उम्मेदवारका दाहिनेहात मानिने नेताहरु कांग्रेसमा प्रवेश

गोदावरी । ललितपुरको गोदावरीमा एमालेका उम्मेदवारहरुकै निकटका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार गोदावरी नगरपालिकाको वडा नं. १० मा आयोजित चुनावी घरदैलो कार्यक्रममा युथ फोर्सका जिल्ला सदस्य सविन चालिसे, पवनसिंसहित २४ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेसमा प्रवेश गरेका सविन र पवन एमालेबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नवराज सिलवाल र प्रदेशमा उम्मेदवार बनेका चेतनाथ सन्जेलका दाहिनेहात मानिन्छन् ।

नवप्रवेशीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार उदयशम्शेर राणा र प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार मीनकृष्ण महर्जनले स्वागत गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकै गर्दा ललितपुर क्षेत्र नम्बर १ मा एमालेका कार्यकार्ता धमाधम कांग्रेसमा प्रवेश गरेर लोकतान्त्रिब वाम गठबन्धनका उम्मेदवार जिताउन सक्रिय भएर लागेका छन् ।

ललिपुर क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभातर्फ लोकतान्त्रिब वाम गठन्धनका उम्मेदवारहरु निकै राम्रो अवस्थामा आउन थालेका छन् ।

Published : Saturday, 2022 November 12, 7:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया