रुपन्देही–३ मा कांग्रेस प्रवेश गर्ने ह्वात्तै बढे, स्वागत गर्न गृहमन्त्री खाणलाई भ्याइनभ्याई
भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार भएपछि युवाहरू स्वतस्फूर्त कांग्रेस प्रवेश गर्ने क्रम तिव्ररुपमा बढेको छ ।
पछिल्लो एक हप्तामा हरेक दिन साँझ एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी(जसपा)बाट युवाहरू स्वतस्फूर्त पार्टी प्रवेशका लागि निवासमा आउने गरेका छन् ।
प्रतिनिधि सभाका उम्मेदवार खाणलाई दिनभर घरदैलो कार्यक्रम तथा चुनावी कार्यक्रम भ्याएर साँझ निवासमा आइपुुग्दा अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई सदस्यता प्रदान गरी स्वागत गर्न भ्याइनभ्याई हुन्छ । दिनभरिका चुुनावी कार्यक्रममा पनि अन्य पार्टीबाट कांग्रेस प्रवेश गरी खाणका हातबाट सार्टी सदस्यता लिने युवाहरूको लहर नै देखिन्छ ।
बुधबारमात्रै जसपाका जिल्ला कोषाध्यक्ष श्यामबहादुुर चौधरीलाई पार्टीमा स्वागत गराएका खाणले हरेक दिन अन्य पार्टीका जिल्ला, स्थानीय तह र वडास्तरका पदाधिकारी र सदस्यलाई पार्टीमा स्वागत नगरेको दिनै हुन्न ।
बिहीबार गत स्थानीय निर्वाचनमा राप्रपाबाट वडा सदस्यको उम्मेदवार बन्दै लोकप्रिय मत ल्याउन सफल पूर्णमाया थापा क्षेत्री, राप्रपा सिद्धार्थनगर नगरपालिका वडा नं ९ का वडा सदस्यहरू अवदेश चौधरी, डिल्लीराज पौडेल र सुनिल जैसवाल तथा एमालेका निराजन क्षेत्री, स्नेहा घले, कल्पना जिसीसहितका सिद्धार्थनगर नगरपालिका वडा नम्बर, १, २ ३, ४, ८ र ९ चार सय बढीलाई पार्टी सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका छन् ।
कात्तिक २३ गते दुुई सय, २२ गते दुुई सय, २१ गते एक सय, २० गते एक सय र १९ गते ५० बढी युवाहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
पाँच दलीय गठबन्धनबाट गृहमन्त्री खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार भएपछि अहिलेसम्म चार हजार बढी नेपाली कांग्रेसमा प्रवेश गरिसकेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिएका छन् ।
‘यो पटक रुपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेस प्रवेश गर्ने लहर चलेको छ’, क्षेत्रीय सभापति गुरुङले भने, ‘पार्टी प्रवेश गर्नेको लहर हेर्दा हाम्रो जित सुनिश्चित छ ।’
प्रतिष्पर्धीले आफ्नै कार्यकर्ता जोगाउन नसकिरहेका बेला खाणसँग भने कांग्रेस प्रवेश गरेर फोटो र सेल्फी खिचाउन युवाहरूको लावालस्कर लागिरहेको छ ।
खाणका पक्षमा जनलहर बढेको पुष्टि गरेको सभापति गुरुङले बताएका छन् ।
यतिसम्मकी आफ्नै निवास रहेको सिद्धार्थनगर नगरपालिकाका राप्रपाका सभापति इञ्जिनियर चन्द्रभक्त श्रेष्ठलाई पनि गृहमन्त्री खाणका प्रतिष्पर्धी दीपक बोहोराले बचाउन सकेनन् ।
इञ्जिनियर श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेर खाणसँगै घरदैलो र औपचारिक कार्यक्रममा हिडिरहेका छन् ।
राप्रपा नेता बोहोरा एमालेको समर्थनमा रुपन्देही क्षेत्र नं ३ मा प्रतिनिधि सभामा खाणसँग प्रतिष्पर्धामा छन् ।
खाणले दिनमा बिहानदेखि साँझसम्म आधा दर्जन बढी औपचारिक कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।
स्वतःस्फूर्त सामाजिक संघ संस्थाहरूले शुुभकामना दिन र समस्या राख्न आमन्त्रण गरिरहेकाले गृहमन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार खाणलाई समय व्यवस्थापन गर्न हम्मेहम्मे भइरहेको क्षेत्रीय सभापति गुरुङले बताएका छन् ।



बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया