ओली सरकारको भ्रष्टाचार र कर्तुत् तरुण दलले छानविन गर्छ : अध्यक्ष गुरुङ
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंसिर ४ गतेपछि तरुण दलले एमालेका भ्रष्ट नेताहरूको सम्पत्ति छानविन गरेर कानूनअनुसार कारबाही गर्न दवाव दिने चेतावनी दिएका छन् ।
बिहीबार भक्तपुरको कटुन्जेमा नेपाल तरुण दलको बागमती प्रदेश निर्वाचन परिचालन समितिको कार्यक्रममा अध्यक्ष गुरुङले साढे दुई वर्ष झण्डै दुईतिहाईको बहुमतको ओली सरकारका भ्रष्टाचारको खोजी हुने बताए । उनले एमालेका नेता महेश बस्नेतसहितका नेताहरूको सम्पत्ति छानविन गर्ने बताएका छन् ।
अध्यक्ष गुरुङले भने, ‘बाटो बनाए, विकास गरें भन्ने नाममा केपी ओली प्रधानमन्त्री भएको बेला राज्यको दोहन गरी भ्रष्टाचारमा लिप्त भएका व्यक्तिले संसदमा छिर्ने कुरा अब भक्तपुरबाट सपना नदेखे पनि हुन्छ ।’
ओली सरकारको पालामा सांसद अपहरण जस्तो जघन्य अपराधमा मुछिएको व्यक्तिले जनतको हितको काम गर्न नसक्ने अध्यक्ष गुरुङले बताएका छन् ।
ओली सरकारको पालामा भएका बलात्कार, भ्रष्टाचारको मुद्धामा महेश बस्नेतले ढाकछोप गर्ने काम गरेको उनले बताएका छन् ।
मधेशमा एक मधेश एक प्रदेशकोको नाराको पक्षमा एमालेका नेता महेश बस्नेत रहेको बताएका गुरुङले मधेशमा हिंसा बढाउन प्रमुख भूमिका महेश बस्नेतले खेलेको आरोप लगाएका छन् ।
महेश बस्नेतले चुनावमा भोट माग्नुअघि पहिला आफूले कु–कृत्य गरेको कार्यप्रति जनतासँग माफ माग्नुपर्ने तरुण अध्यक्ष गुरुङले बताएका छन् ।
देशभरिबाट लोकतान्त्रिक–वाम गठवन्धनलाई तरुणहरूले जिताउनुपर्ने उनले बताएका छन् ।
उनले भक्तपुर–२ मा नेपाली कांग्रेसका उम्मेदवार एवम् सभापति दुर्लभ थापा र लोकतान्त्रिक–वाम गठवन्धनका उम्मेदवारहरू विजयी हुने बताएका छन् ।
मंसिर ४ गतेपछि हुने विजयी र्यालीमा आफू सहभागी हुने तरुण अध्यक्ष गुरुङले बताएका छन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया