आईजीपी सिंहद्वारा यी दुई एआईजीको विदाइ
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय रबिन्द्रबहादुर धानुक र अरूणकुमार बिसीलाई विदाइ गरेका छन् ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा आईजीपी सिंहले धानुक र बिसीको विदाइ गरेका हुन् ।
आईजीपी सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गरेको योगदानको प्रशंसा गरेका छन् ।
उनले अवकाशपछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना दिएका छन् ।
सिंहले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
आईजीपी सिंहले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय धानुक र बिसीलाई मायाको चिनो प्रदान गरेका छन् ।
धानुक र बिसीले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै धानुक र बिसीले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् ।
धानुक र बिसी विक्रम संवत २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।
दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकास भएका हुन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया