काठमाडौंमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ठक्कर खादा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कालिका–९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका–५ वर्षीय कल्पना राना मगर रहेका छन् ।
प्रहरीले ना. ८ ख.१८४१ को ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
मृतकका आफन्तहरूलाई सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र ट्रक र टिप्परहरूले ठूला दुर्घटना बनाउँदै आएका छन् । अनियन्त्रित रुपमा हाँकेका कारण ट्रक र टिप्परले दुर्घटना गराउने गरेको आरोप छ ।
Published : Wednesday, 2022 November 9, 9:23 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया