बाँकेकी लोकप्रिय नेतृ विन्दले पार्टी छाडिन्, धवलशम्शेरलाई ठूलो धक्का

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)कि नेतृ विन्दु चर्तीले पार्टी परित्याग गरेकी छिन् ।

स्थानीय तहको निर्वाचनमा राप्रपाबाट उप–मेयरको उम्मेदवार समेत रहेकी नेतृ विन्दुले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

उनले राप्रपा बाँकेको सचिव, उपाध्यक्ष लगायतका पदमा बसेर संगठनको काम गरेक थिइन् ।

‘दुई दशकभन्दा बढी समय बिताएको राप्रपासँथ वडा सचिवको जिम्मेवारी सम्हाल्दै हाल जिल्ला उपाध्यक्ष पदको इमान्दारीका साथ जिम्मेवारी सम्हाल्दै आएको थिए’, विन्दुले भनेकी छिन्, ‘आजदेखि साधरण सदस्य नरहने गरी यो पार्टी परित्याग गरेको घोषणा गर्दछु ।’

उनले भनेकी छिन्, ‘पार्टी परित्याग गर्न बध्यता बनाइदो रहेछ । हामी जस्तो इमान्दार कार्यकर्ता केहि व्यक्ति विशेषले गर्दा यो पार्टी छोड्न बाध्य हुँदो रहेछ ।’

‘आजसम्म मलाई साथ र हौसला दिनु हुने मेरा आदरणीय नेताज्यू तथा दिदीबहिनीहरूमा हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेकी छिन् ।

राप्रपाका महामन्त्री धवलशम्शेर राणा बाँके–२ बाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।

मतदान हुन केही दिन बाँकी रहेका बेला राप्रपा बाँकेकी लोकप्रिय नेतृ विन्दुले पार्टी छाडेपछि राणालाई झट्का लागेको छ ।

Published : Wednesday, 2022 November 9, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया