अभिनेता भुवन केसी कांग्रेसलाई भोट माग्न प्रचारमा उत्रिए, विनोद चौधरीको कार्यक्रममा सहभागी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको चुनावी कार्यक्रममा अभिनेता भुवन केसी सहभागी भएर सत्तागठबन्धनका लागि मत मागेका छन् ।
नवलपरासी–१ मा कांग्रेसबाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका नेता चौधरी र प्रदेश सभातर्फका उम्मेदवारहरूका लागि अभिनेता केसीले मत माग गरेका हुन् ।
बुधबार नवलपरासीको बेलाटारी, प्रतापपुरमा चुनावी सभा भएको छ । सो सभालाई कांग्रेसका नेता विमलेन्द्र निधिले सम्बोधन गरेका छन् । निधिले सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा विमलेन्द्र निधि, केन्द्रीय सदस्य देवेन्द्र कंडेल, केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारी, चलचित्र विकास बोर्डका अध्यक्ष एवम् अभिनेता भुवन केसीलगायत हजारौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
नवलपरासी–१ मा प्रदेश सभातर्फ १ मा कांग्रेसका विश्वप्रेम पाठक उम्मेदवार बनेका छन् । प्रदेश सभातर्फ २ मा कांग्रेसका देवकरण कलवार ‘सन्तु’ उम्मेदवार बनेका छन् ।
चौधरी, पाठक र कलवारलाई सत्तागठबन्धनको समर्थन छ ।








बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया