लिखुमा गठबन्धनको शक्तिशाली कार्यक्रम, रामहरिसहितका उम्मेदवारलाई भव्य स्वागत

लिखु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरू पराजित भएमा केपी ओलीको अधिनायकवाद फर्किन सक्ने बताएका छन् ।

बुधबार ओखलढुंगाको लिखु–५ मा आयोजित चुनावी सभामा नेता खतिवडाले सत्तागठबन्धनका लागि मत मागे । उनले विगतमा कांग्रेस हार्दा ओखलढुंगाको विकासले पनि हारेको बताए ।

आफू पराजित हुँदा पनि सधैँ ओखलढुंगाको विकासमा निरन्तर साथमा रहेको खतिवडाले बताए ।

खतिवडा ओखलढुंगामा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।

प्रदेश सभातर्फ १ का उम्मेदवार प्रदीप सुनुवारले पनि सत्तागठबन्धनका उम्मेदवारहरूलाई ईमान्दारिताका साथ मतदान गरेर विजयी बनाउन आग्रह गरे । उनले कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार ओखलढुंगामा रहेको भन्दै गठबन्धनको भावनाअनुसार सबैलाई मतदान गर्नुपर्ने बताए ।

प्रदेश सभातर्फ २ मा माओवादीका बाबुराम गौतम उम्मेदवार बनेका छन् । उनीहरू सबैलाई सत्तागठबन्धनको समर्थन छ ।

Published : Wednesday, 2022 November 9, 4:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया