गृहमन्त्री खाणद्वारा ५० भन्दा धेरै युवालाई कांग्रेसमा स्वागत

भैरहवा । रुपन्देहीमा एमाले परित्याग गरी ५० भन्दा धेरै युुवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार साँझ सियारी गाउँपालिका–६ सर्जुगञ्जमा आयोजित चुनावी कार्यक्रममा गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी प्रवेश गराएका हुन् ।

खाणले नवप्रवेशी युवाहरूलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।

स्थानीय युवाहरू अभिषेक शर्मा, गोकुल भण्डारीसहितका ५० भन्दा धेरै कांग्रेस प्रवेश गरेका हुन् ।

युवाहरूलाई पार्टी प्रवेश गराउँदै रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वारसमेत रहेका खाणले पार्टीमा क्रियाशील भएर लाग्ने युवाहरूलाई उपयुक्त जिम्मेवारी दिइने बताएका छन् ।

खाणले गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रात्मक व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धन बनाएर निर्वाचनमा होमिएको बताएका छन् ।

Published : Monday, 2022 November 7, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया