एमालेको कथित किल्ला नौबहिनीमा सत्तागठबन्धनको लोभलाग्ने चुनावी कार्यक्रम

नौबहिनी । प्यूठान जिल्लामा सत्तागठबन्धनको चुनावी कार्यक्रम र घरदैलोमा मतदाताहरूको लोभलाग्ने उपस्थितिहरू देखिएका छन् ।

एमालेले आफ्न कथित गढ ठान्ने नौबहिनी गाउँपालिका–२ लिघामा आइतबार सत्तागठबन्धनले गरेको कार्यक्रममा मतदाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिनिधि सभातर्फकी उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तागठबन्धनलाई विजयी बनाउनुपर्ने बताइन् । उनले प्यूठानको विकासमा अब राष्ट्रिय जनमोर्चा, माओवादी, कांग्रेसले नेतृत्व लिएर काम गर्ने बताइन् ।

लिघाबासीले चुनावी कार्यक्रममा देखाएको उपस्थिति र उत्साहबाट सत्तागठबन्धनका उम्मेदवारहरूलाई थप उर्जा मिलेको कांग्रेस नेता एवम् प्रदेश सभातर्फका उम्मेदवार रोज राणाले बताएका छन् ।

प्यूठानबाट सत्तागठन्धनले प्यानलै जितेर देशभरि एकताको सन्देश दिने राणाले बताएका छन् ।

चुनावी कार्यक्रममा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवम् राष्ट्रिय सभाकी सांसद उर्मिला अर्याल, प्यूठानमा प्रतिनिधि सभाकी उम्मेदवार एवम् राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल र प्रदेश सभातर्फ क्षेत्र नं. २ का उम्मेदवार एवम् कांग्रेस नेता रोज राणा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्यूठानको प्रदेश सभातर्फ क्षेत्र नं. २ मा माओवादीका नेता कृष्ण अधिकारीले उम्मेदवारी दिएका छन् ।

Published : Monday, 2022 November 7, 10:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया