नायिका दिशा पटानीको स्मरणशक्ति गुमेको खुलासा
मुम्बई । बलिउड नायिका दिशा पटानीले आफ्नो स्मरशक्ति गुमेकी बताएकी छिन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार नायिका पटानीले तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको बताएकी छिन् ।
सोही चोटका कारण स्मरणशक्ति गुमेको नायिका पटानीले बताएकी हुन् ।
पटानीले फिल्म सुटिङका क्रममा जिम्यास्ट्रिक खेल्ने क्रममा आफ्नो टाउकोमा चोट लागेको बताएकी छिन् ।
टाउकोमा चोट लागेको कारण नायिका पटानीको स्मरणशक्ति गुमेको थियो ।
नायिका पटानीले त्यस समय करिब ६ महिनासम्म स्मरणशक्ति गुमाएको खुलासा गरेकी छिन् ।
जिम्यास्ट्रिक खेल्ने क्रममा पटानीले उल्टो पल्टिदै गर्दा टाउकोमा चोट लागेको थियो ।
हाल उनी पूरै निको भइसकेकी छिन् । आफ्नो फिटनेसलाई लिएर निकै गम्भीर छिन् ।
घण्टौंसम्म जिममा पसिना बगाउनुका साथै उनी जिम्यास्ट्रिक पनि गरिरहेकी छिन् ।
नायिका पटानी फुर्शदको समयमा जिम्यास्ट्रिक गरिरहेकी हुन्छिन् ।
छोटो समयमा नायिका पटानी दर्शकमाझ लोकप्रिय बनेकी छिन् । एजेन्सी
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया