क्रिकेटर धनुष्काले महिलालाई ४ पटक यौनसम्पर्क राखेपछि पक्राउ, सन्दीलाई झैँ आरोप

काठमाडौं । श्रीलंकाका क्रिकेटर धनुष्का गुनाथिलाका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

२९ वर्षीया महिलाले प्रहरीमा धुनुष्काले आफूमाथि बलात्कार गरेको उजुरी दिएपछि आइतबार प्रहरीले पक्राउ गरेको हो । उनी विश्वकप क्रिकेट खेल्न अष्ट्रेलिया पुगेका छन् ।

गुनाथिलाकालाई प्रहरीले सिड्नीको सेन्ट्रल बिजनेस डिस्ट्रिक्टस्थित टोली रहेको होटलबाटै स्थानीय समय अनुसार दिउँसो १ बजे पक्राउ गरेको छ ।

रोज बेमा बुधबार गुनाथिलाकाले महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

ती महिलाको उजुरीपछि थप छानबिन गर्न दानुस्कालाई नियन्त्रणमा लिएर सिड्नी सिटी प्रहरी चौकीमा राखिएको छ ।

महिलाले एक अनलाइन डेटिङ एप्लिकेसनमार्फत धेरै दिनसम्म उनीसँग कुराकानी गरेपछि दानुस्काले उनले भेटेका थिए ।

त्यसपछि बुधबार साँझ उसले यौन दुव्र्यवहार गरेको आरोप महिलाले लगाएकी छिन् ।

उनीमाथि ती महिलाले आफ्नो सहमति बिना चार पटकसम्म बलात्कार गरेको आरोप लगाएकी छन् ।

प्रहरीले जमानत दिन अस्वीकार गरेपछि श्रीलंकाका खेलाडीहरू उनी बिना स्वदेश फर्किएका छन् ।

नोभेम्बर ७ मा उनलाई डाउनिङ सेन्टरको स्थानीय अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ ।

नोभेम्बर २०१५ मा आफ्नो अन्तर्राष्ट्रिय डेब्यू गरेदेखि उनले श्रीलंकाका लागि ८ टेस्ट, ४७ एकदिवसीय र ४६ टी–२० खेलेका छन् ।

यता नेपालमा पनि क्रिकेटर सन्दीप लामिछाने पनि बलात्कारको अभियोगमा थुनामा छन् । उनलाई पनि किशोरीले बलात्कारको आरोपमा थुनाएकी छिन् ।

Published : Sunday, 2022 November 6, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया