भक्तपुर-२ मा फराकिलो अन्तरले जित्ने थापाको तयारी, बालकोटमा शक्तिशाली बन्यो सत्तागठबन्धन
काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो प्रचार प्रसारलाई तडकभड्क बिना अगाडि बढाएका छन् ।
घरदैलो र चुनावी कार्यक्रममा थापालाई मतदाताले जितको शुभकामना दिने गरेका छन् । थापालाई मतदाताहरूले ठाउँ–ठाउँमा फूलमालाले समेत स्वागत गर्ने गरेका छन् ।
सभापति थापाले उम्मेदवारी दिएपछि भक्तपुरको क्षेत्र नं. २ मा मतदाताहरूमा उत्साह थपिएको छ ।
नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले भक्तपुर–२ मा कांग्रेसका उम्मेदवार दुर्लभ थापाको जित सुनिश्चित रहेको बताए । मतदाताहरूको उत्साहले पनि कांग्रेस र सत्तागठबन्धन दलका उम्मेदवारहरूले जित्ने बताएका छन् ।
भक्तपुर–२ बाट यसअघि निर्वाचित जनप्रतिनिधि कमाउधन्दा, जग्गा प्लटिङ, भ्रष्टाचार जस्ता कार्यमा संलग्न रहेकाले मतदाताहरूले सत्तागठबन्धनलाई साथ दिने भक्तपुर कांग्रेसको भनाइ छ ।
भक्तपुर–२ मा प्रतिनिधि सभातर्फ कांग्रेसबाट दुर्लभ थापा, प्रदेश सभातर्फ १ मा कांग्रेसका विष्णुराज कार्की र २ मा नेकपा (एकीकृत समाजवादी)का नेता डा.राजेन्द्रमान श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
भक्तपुरको बालकोटमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको घर छ । ओलीकै घर रहेको वडालाई स्थानीय तहको निर्वाचनका बेला कांग्रेसले जितेको थियो ।
यस पटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तागठबन्धनले एमालेलाई हराएर बदला लिने योजनामा छ ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया