मुलुकको सबैभन्दा ठूलो शत्रु एमाले, राजतन्त्र ल्याउन धावा बोल्दैछ : तरुण अध्यक्ष गुरुङ
धनगढी । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंसिर ४ गतेको निर्वाचन आन्दोलन रहेको बताएका छन् ।
शनिबार कैलाली जिल्लाको क्षेत्र नं.४ मा सत्तागठबन्धनका उम्मेदवारहरूको चुनावी कार्यक्रममा अध्यक्ष गुरुङले निर्वाचनलाई लोकतन्त्रको रक्षाको आन्दोलनका रुपमा लिएर सत्तागठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे । उनले जनताको सबैभन्दा ठूलो शत्रु नेकपा (एमाले) भन्ने पार्टी रहेको बताए ।
‘अहिले हाम्रो शत्रु । नेपाल जनताको यो व्यवस्थाको देशको सबैभन्दा ठूलो शुत्र नेकपा (एमाले) हो’, अध्यक्ष गुरुङले भने, ‘एमाले हाम्रो शत्रु किन हो भने उसले यो व्यवस्थालाई धावा बोल्दैछ ।’
उनले भने, ‘एमाले पार्टी हिजो पनि यो व्यवस्थाको पक्षमा थिएन । ०४६ सालमा एमाले हाम्रो सहयात्री थियो । त्यस बेला माधवकुमार नेपाल महासचिव थिए । एमाले ०४६ सालमा र ०६२/६३ को आन्दोलनमा एमाले कांग्रेसको सहयात्री थियो । अहिले त्यो सहयात्रीको नेता केपी ओली हुनुहुन्छ ।’
उनले भने, ‘ओलीले आज मुलुकको राजतन्त्र । जसलाई हामीले बोकेर फालेका थियौं । राजतन्त्र ल्याउने पार्टीसँग एमालेले गठबन्धन गर्दैछ ।’
‘यो मुलुकमा राजा ल्याउन खोजिदैछ’, उनले भने, ‘केपी शर्मा ओली राजा ल्याएर आफू महाराजा बन्न खोज्दै छन् ।’
तरुण दलका अध्यक्ष गुरुङले भने, ‘गठबन्धन गरेर संविधानको रक्षाका लागि लागेका छौँ । शान्ति सम्झौताका सहकर्मी दलहरू मिलेर चुनावमा प्रतिस्पर्धा गर्दैछन् । गिरिजाबाबुको नेतृत्वमा शान्ति प्रक्रिया भएको थियो ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया