एमालेका कारण उपलब्धि गुम्ने खतरा, साहित्यकारहरूले प्रतिगमनलाई परास्त गर्नुपर्छ : रेखा शर्मा
घोराही । माओवादी केन्द्रकी नेतृ एवम् पूर्वमन्त्री रेखा शर्माले समाज रूपान्तरणमा साहित्यकारहरूको भूमिका महत्वपूर्ण भएको बताएकी छिन् ।
शनिबार घोराहीमा साहित्यकार तथा लेखकहरूसँगको भेटघाटमा उनले हरेक राजनीतिक आन्दोलनमा साहित्यकारहरूले विशिष्ट योगदान पुर्याएको बताएकी छिन् ।
‘समाज रूपान्तरणका लागि हामी राजनीतिक दलहरू र साहित्यकार तथा लेखकहरू साथसाथै छौं’, उनले भनेकी छिन्, ‘साहित्य समाजको प्रतिविम्ब हो, साहित्यकार तथा लेखकहरूले सधै समाजमा अग्रगमनको पक्षपोषण गरिरहनुभएको छ ।’
लामो संघर्ष पश्चात् प्राप्त उपलब्धि गुम्ने खतरा बढेकाले फेरि एकपटक साहित्यकार पहलकदमी ल्याएर प्रतिगमनलाई परास्त गर्न लाग्नुपर्ने बेला आएको बताएकी छिन् ।
अहिलेको गठबन्धन कुनै सत्ता प्राप्तिका लागि नभएर संविधान र लोकतन्त्रको रक्षाका लागि भएको बताएकी छिन् । उनले एमालेको प्रतिगमनका कारण उपलब्धी गुम्ने खतरा बढेर आएको बताइन् ।
‘यो गठबन्धनले स्थायित्व र समृद्धि ल्याउन जोड दिनेछ’, शर्माले भनेकी छिन्, ‘यो सामान्य निर्वाचन मात्र नभएर संविधान बचाउने मिसन भएकाले यसमा सबैले साथ दिनुपर्छ ।’
दाङ–२ प्रदेश सभा २ का नेपाली कांग्रेसका उम्मेदवार प्रचण्डविक्रम न्यौपानेले यसपटक युवा उम्मेदवारलाई मतदाताको साथ रहने बताएका छन् । उनले आफू केही गर्छु भन्ने भावनाले उम्मेदवार भएको उल्लेख गरेका छन् ।
न्यौपानेले जनताको विश्वासलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् दाङ जिल्ला ईञ्चार्ज निर्मल आचार्यले अहिलेको निर्वाचन अग्रगमन र प्रतिगमनका बीचको लडाइँ भएको बताए ।
दाङ–२ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रकी नेतृ शर्मा उम्मेदवार छिन् । प्रदेश सभातर्फ १ मा नेपाली कांग्रेसका नेता राजु खनाल र २ मा कांग्रेसका नेता न्यौपाने उम्मेदवार छन् । उनीहरू सबै सत्तागठबन्धनका उम्मेदवार हुन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया