देउवाले ओलीलाई मंसिर ४ सम्म पुग्ने गरेर डोज दिए, प्रचण्डले एमालेलाई खुइल्याए
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सरकार भन्ने एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई परमादेशकै कारणसँगै बसेर कम गर्ने मौका पाएको जवाफ दिएका छन् ।
शनिबार प्रतिनिधि सभाको अन्तिम बैठकमा सम्बोधन गर्दै देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको बताए ।
दुई पटक प्रतिनिधिसभा विघटन गरेका झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका तत्कालीन प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।
देउवाले भने, ‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामीसँगै काम गर्न पाइरहेका छौं ।’
देउवाले भने, ‘परमादेश नभएको भए उहाँ ? हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरू पास गर्न नै पाउँदैनथ्यौं ।’
‘त्यसकारण परमादेशले हामीलाई भेट गर्ने मौका दियो’, देउवाले भने, ‘यसका लागि न्यायालयले न्याय गरेको मैले महसुस गरेको छु ।’
देउवाले गठबन्धनको सरकारले राम्रो उपलब्धी हासिल गरेको महसुस भएको बताएका छन् ।
एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अधिवेशन अन्त्य हुन लागेको हुँदा प्रतिगमन भयो त भनेर प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्रीजीले भन्नुभयो– संसद पुनर्स्थापना भएको हुनाले हामी आजसँगै भेट्न पाएका छौं’, ओलीले भने, ‘फेरि चुनाव घोषणा गर्नुभएको छ । आजबाट अन्त्य हुँदैछ भनेपछि तपाईं प्रतिगमन गर्दै हुनुहुन्छ, यसको अर्थ यही हो ? होइन भने गत वर्ष वैशाखमा चुनाव भइसक्थ्यो ।’
त्यसबेला कुनै प्रणाली वा संविधान हटाउन नलागेको ओलीले बताएका छन् ।
‘प्रतिनिधि सभाको निर्वाचन गत वर्ष वैशाख १७ र २७ गते हुन्थ्यो र नयाँ संसद आउँथ्यो। प्रतिगमन कहाँबाट हुन्थ्यो ? यस्ता कुराहरू गर्नु वाञ्छनीय हुँदैन’, ओलीले भनेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले नेपाली जनताले केही नबुझ्ने भन्ने ठानेको हो कि भनेर प्रश्न गरेका छन् ।
‘हठात् संविधानको भावना विपरीत प्रतिनिधि सभा विघटना गर्ने काम प्रतिगमन नभएर के हो ?,’ दाहालले भने, ‘उहाँले कताकता तुलना गरिदिनुभयो । अहिले निर्वाचन घोषणा गरेको पनि प्रतिगमन हो त भनेर। यो तुलना गर्नेको पनि एउटा हद हुन्छ नी । यो हामी यहाँ बसेका केही पनि नबुझ्ने भन्ठान्नुभा हो कि प्रतिपक्षी दलका नेताले । अथवा नेपाली जनता केही जाँन्दैनन् भेडै छन् भन्ठान्नुभएको हो कि ?’
प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिन शनिबारको बैठकमा दलका शीर्ष नेताहरूले तिक्तता पोखेका छन् ।
छुट्टिनुअघि धन्यवाद आदान प्रदान र पाँच वर्षे कामको समीक्षा गर्नुके साटो शीर्ष नेताहरू घोचपेच र एक अर्काविरुद्ध तीतो टिप्पणी गरेका छन् ।

दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् । त्यही सरकारले बचाएको संसदमा लामो भाषण दिने गरेका छन् ।
प्रतिनिधिसभाको अन्तिम बैठकमा भने एकअर्काप्रति तीतो पोखेर शीर्ष नेताहरू छुट्टिएका छन् ।
२०७७ पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अलग–अलग बाटो डिँडेका दुई नेताले सार्वजनिक मञ्चहरूमा झैं प्रतिनिधिसभा बैठकमा आरोप प्रत्यारोप गरेका छन् ।
एमाले अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ओलीले लोकतन्त्र र प्रतिगमनको अपव्याख्या गरेको बताए ।
ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको भन्दै उनले भने, ‘उहाँले कताकता तुलना गरिदिनुभयो अहिले निर्वाचन गरेको पनि प्रतिगमन हो त ?’
माओवादी अध्यक्ष प्रचण्डले भने महाअभियोग सिफारिस समितिमा भएको सुनुवाइले तत्कालीन सरकार र त्यसको नेतृत्वले अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम गरेको रहेछ भन्ने पुष्टि भएको बताए ।
ओलीले संसदले सुरुमा राम्रो काम गरेको, तर पछिल्लो समय राज्यका सबै अंग निष्प्रभावी भएको बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया