‘बा’का समर्थकद्वारा बालेनविरुद्ध काठमाडौंमा प्रदर्शन, एमाले समर्थकले देखाए नौटंकी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले नियम र कानून मिचेर बनाएको संरचना भत्काएपछि त्यसको विरोधमा एमाले समर्थक व्यापारी र मजदुरहरूले प्रदर्शन गरेका छन् ।
बिहीबार मेयर शाहविरुद्ध एमालेका समर्थक कथित व्यापारी र कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले मेयर शाहविरुद्ध नारावाजी र प्रदर्शन गरेका छन् ।
एमालेले फुटपाथ व्यवसायीका नाममा काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटी एमालेको भ्रातृ संगठन हो ।
एमालेका नेता महेश बस्नेतले मेयर शाहको विरोध गरेर विभिन्न हर्कत गरिरहेका बेला एमालेका समर्थकले कुनै विकल्प नदिई पूर्वसूचनाविना आफूहरूलाई हटाएर महानगरले दमन गरेको भन्दै प्रदर्शन गरेका छन् ।
अवैध संरचना भत्काउने काठमाडौँ महानगरको अभियानसँग महेश बस्नेतलगायत नेताहरू असन्तुष्ट छन् । एमालेसम्बद्ध मजदुर संगठन जिफन्टको अगुवाइमा ठेला व्यवसायीहरू सडकमा ओर्लिएका हुन् ।
काठमाडौं महानगरविरुद्ध जिफन्टअन्तर्गत नेपाल स्वःरोजगार श्रमिक व्यापार संघको नेतृत्वमा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।
मेयर शाहले महानगरभित्र फुटपाथ व्यापारमा रोक लगाएको आरोप एमालेको छ । सुन्धाराबाट निस्केको जुलुस शहीद गेट हुँदै महानगरअगाडि पुगेर कोणसभामा परिणत भएको छ ।
जिफन्टकी अध्यक्ष माया गुरुङको नेतृत्वमा सडकमा आएका प्रदर्शनकारी ब्यापारीहरूले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको आरोप लगाइएको छ ।
उनीहरूले ‘हामीलाई गरिखान देऊ’, ‘स्वरोजगार श्रमको सम्मान गर’, ‘कि विकल्प देउ कि रोजगार देउ’, ‘हामीलाई बाच्न देउ’ लगायत नारा लगाएका छन् ।
आन्दोलनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । फुटपाथमा व्यापारीसँग हप्ता उठाउन नपाएर दलका नेताले आन्दोलन गराएको आरोप सञ्जाल प्रयोगकर्ताहरूको छ । पार्टीका गुण्डा नाइकेहरूको निर्देशनमा सडकमा आएको आरोप छ ।
नयाँ बानेश्वरको अल्फाबिटा हाउसको अवैध संरचना हटाउन पुगेका मेयर शाह र त्यसका सञ्चालक विवादित व्यापारी द्विराज शर्माबीचको भनाभनको परिणाम एमालेले आफ्ना कार्यकर्तालाई सडकमा उतारेको आरोप छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओली ‘बा’को निर्देशनमा मेयर शाहविरुद्ध एमालेका कार्यकर्ता र व्यापारीहरू सडकमा आएको आरोप छ ।
सामाजिक सञ्जालमा एमाले समर्थक गुण्डा नाइकेहरूको आदेश र निर्देशनमा मेयर शाहविरुद्ध प्रदर्शन भएको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया