पछिल्लो समय झन् चर्चित बनेकी समीक्षा अधिकारी आलोचकहरूलाई के भनिन् ?
काठमाडौं । गायनमा भन्दा पनि अन्य विभिन्न काण्डमार्फत चर्चित बनेकी गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक प्रभावमा परेको बताएकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत गायिका अधिकारीले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी छिन् ।
सामाजिक सञ्जालमा आएका अनेक खालका तस्बिर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनले बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म लामो समयदेखि एउटा दुःखद् घटना भोगिरहेकी छु ।’
‘उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुःखद् हो’, गायिका अधिकारीले भनेकी छिन्, ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ ।’
उनले लेखेकी छिन्, ‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला ।’
उनले आफूसँग जोडेर क्षतिपूर्ति र कयौँ लाख रुपियाँ लिएको आरोपको पनि खण्डन गरेकी छिन् ।
समीक्षाले अहिलेसम्म कसैबाट क्षतिपूर्तिबापत वा अन्य कुनै पनि किसिमको रकम नलिएको बताएकी छिन् ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया