नगरपालिका संघ गण्डकीको सदस्यमा कांग्रेसबाट निर्वाचित ढोरपाटनका उप–मेयर कायत चयन

काठमाडौं । नेपाल नगरपालिका संघको गण्डकी प्रदेश कार्यसमिति सदस्यमा ढोरपाटन नगरपालिकाका उप–मेयर धनबहादुर कायत ‘कल्यान’ चयन भएका छन् ।

पोखरामा सम्पन्न संघको अधिवेशन संघबाट कायत सदस्यमा चयन भएका हुन् । कायत नेपाली कांग्रेसबाट उप–मेयरमा निर्वाचित भएका थिए ।

संघ गण्डकी प्रदेश कार्यसमितिको संयोजकमा रमेशकुमार पाण्डे चयन भएका छन् । सह–संयोजक स्वस्थानी रिजाल चयन भएकी छिन् ।

सदस्यहरू धनबहादुर कायत ‘कल्यान’, मदनभक्त अधिकारी, नरबहादुर पुन, उमा गोतामे, ईशा राना, शोभा क्षेत्री चयन भएका थिए ।

Published : Thursday, 2022 September 8, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया