गोरखा १ ‘ख’मा कांग्रेसका युवा नेता खत्रीको जबरजस्त दाबी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रेमकुमार खत्री गोरखा क्षेत्र नं. १ प्रदेश सभा ‘ख’मा प्रत्यक्षमा दाबी गरेका छन् ।

महासमिति सदस्य समेत रहेका खत्रीले प्रदेश सभामा प्रत्यक्षतर्फ दाबी गरेका हुन् । उनले भने, ‘गोरखा क्षेत्र नं. १ प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’मा प्रत्यक्षमा मेरो दाबी छ । गोरखा कांग्रेसका साथीहरू र वरिष्ठ नेताहरूको सरसल्लामा मैले प्रदेशको प्रत्यक्षमा दाबी गरेको हुँ ।’

पार्टीले विश्वास गरेर टिकट दियो भने आफू लगायत कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई जिताउन पहल गर्ने युवा नेता खत्रीले बताएका छन् । उनले भने, ‘मलाई मतदाताहरूले पनि साथ दिनुहुन्छ ।’

पर्यटन व्यवसायी समेत रहेका खत्रीले आफ्नो गृहजिल्ला गोरखाका गाउँ, टोल र सुख–दुःखका बेला साथ दिँदै आएका छन् ।

नेता खत्रीले एकै पटक ६ वटा एम्बुलेन्स लाईन लगाएर गोखरा लगेर वितरण गरेका थिए । भूकम्प, बाढीपहिरो, कोरोना महामारी होस् वा सामुदायिक विद्यालयका विद्यार्थीलगायत सबैलाई सहयोग गर्दै आएका छन् । उनले गोरखाका बाढीपहिरो पीडितलाई हालै जस्तापाता विरतण गरेका थिए ।

नेता खत्रीले आफ्नो ‘सम्भव नेपाल’मार्फत सहयोग गर्दै आएका छन् ।

Published : Thursday, 2022 September 8, 5:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया